काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ। निर्वाचन आयोगले आज बिहान ६ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि रहेको छ। रास्वपाले हालसम्म ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) १४ लाख ४८ हजार ३१८ मतसहित तेस्रो स्थानमा रहेको छ।
त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीले आठ लाखभन्दा बढी मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्रमशः तीन लाख ७८ हजार र तीन लाख २९ हजारभन्दा बढी मत पाएका छन्।
यसैबीच जनता समाजवादी पार्टी, नेपालले एक लाख ७४ हजार ३०६ मत, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत तथा जनमत पार्टीले ७८ हजार ९४९ मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्