काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।
फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्न लागेकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उनले निर्वाचनको तयारी, शान्ति–सुरक्षा व्यवस्था र समसामयिक राष्ट्रिय विषयमा सरकारको धारणा सार्वजनिक गर्नेछन्।
सम्बोधनको समय भने हालसम्म निर्धारण भइसकेको छैन। समय तय भएपछि आधिकारिक रूपमा सार्वजनिक गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्