काठमाडौं । नेपाली सेनाले विगतका निर्वाचनमा अपनाइँदै आएको अभ्यासअनुसार यस पटक पनि सुरक्षा प्रोटोकल बमोजिम मतपेटिका गणनास्थलसम्म पुर्याइने जनाएको छ।
सैनिक मुख्यालय जंगी अड्डाले आइतबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार सेनाले मतपेटिका ढुवानी गर्ने स्पष्ट पारेको हो।
विज्ञप्तिअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन अधिकृत तथा सम्बन्धित राजनीतिक दलका तोकिएका प्रतिनिधिहरूको उपस्थितिमा सेनाको टोलीले मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलसम्म पुर्याउनेछ।सेनाले सम्पूर्ण प्रक्रिया सुरक्षा मापदण्डअनुसार पारदर्शी ढंगले सम्पन्न गरिने उल्लेख गरेको छ।
२०४८ साल यताका सबै निर्वाचनहरुमा नेपाली सेना परिचालन भइ मतपत्र छपाई स्थलको सुरक्षा, सबै जिल्लाहरुमा मतपत्र ढुवानी, तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्दै आएको सेनाले बताएको छ ।











प्रतिक्रिया दिनुहोस्