काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३–२४ को हिंसात्मक घटनाका दोषी एउटै भएको बताएका छन्।
चितवन जिल्लामा आयोजित चुनावी सभामा उनले सिंहदरबार जलाउने र बालबालिकामाथि गोली चलाउने कार्य एउटै समूहले गरेको स्पष्ट पार्दै भने, “सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो। बालबालिकालाई गोली उसैले हान्यो।”
लामिछानेले इतिहासले मागेको परिवर्तन पूरा गर्न आफू तयार रहेको पनि बताए। उनले थपे, “जो जहाँ हुनुहुन्छ, राजनीतिक दल बदल्नुपर्ने होइन, तर मत बदल्नुहोस्। रास्वपा सबैको पार्टी हो। मलाई चर्को नबोल भन्छन्, म परेँ रवि लामिछाने।”













प्रतिक्रिया दिनुहोस्