काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराइने बताएका छन्।
दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षणपछि उनले विगतका कमजोरी सच्याउँदै यसपालि धाँधलीरहित निर्वाचन गराइने बताए। उनले सामाजिक सञ्जालमा फैलाइने मिथ्या सूचना र दुष्प्रचारप्रति सचेत रहन आग्रह गर्दै सुरक्षाकर्मी र सम्बन्धित अधिकारीलाई शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न निर्देशन दिए।
निरीक्षणमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए। टोलीले निर्वाचन सुरक्षा योजना, विगतका संवेदनशील घटनाको समीक्षा तथा सीमा नाकामा कडाइबारे छलफल गरेको थियो।
बैतेश्वर गाउँपालिकामा आठ मतदानस्थल र २१ मतदान केन्द्र रहेका छन् भने मतदाता सङ्ख्या १८ हजार ४२२ छ। उक्त क्षेत्रमा विगतमा ९०–९५ प्रतिशतसम्म मतदान हुने गरेको छ।














प्रतिक्रिया दिनुहोस्