फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले पाँच दिनसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमतिअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १६ गतेदेखि २१ गतेसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन गर्न नपाइने भएको हो।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले निर्वाचन अवधिमा शान्ति–सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन यस्तो निर्णय गरिएको जानकारी दिए। निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासन प्रतिबद्ध रहेको जनाउँदै यस अवधिमा मदिराजन्य पदार्थको कारोबार र सेवनमा कडाइका साथ निगरानी गरिने उनले बताए।








प्रतिक्रिया दिनुहोस्