काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
निर्वाचनको तयारी, मतदान तथा मतगणनालाई सहज बनाउन उक्त निर्णय गरिएको जनाइएको छ। यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।
सरकारको निर्णयसँगै देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरूमा सो अवधिमा बिदा लागू हुने भएको छ।








प्रतिक्रिया दिनुहोस्