काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका अवसरमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार २०, २१ र २२ गते बिदा दिन आइतबार सरकारलाई पत्राचार गरिएको हो। यसबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुँदैछ। आयोगको सिफारिसअनुसार निर्णय भए निर्वाचन अवधिमा झण्डै एक साता सार्वजनिक बिदा पर्नेछ।
यसअघि फागुन १८ गते पहाड र १९ गते तराईमा होली परेको छ भने २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस परेको छ। त्यसैले निर्वाचन आसपासको समय लामो बिदामय हुने देखिएको छ।










प्रतिक्रिया दिनुहोस्