images
images

निर्धारित समयमै चुनाव हुनुपर्छ : केपी शर्मा ओली

काठमाडौं। केपी शर्मा ओलीले निर्धारित समयमै निर्वाचन सम्पन्न हुनुपर्ने बताएका छन्। राज्य र उम्मेदवारहरूले अर्बौं रुपैयाँ खर्च गरिसकेकाले अब चुनाव स्थगित गर्नु उचित नहुने उनको भनाइ छ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले चुनाव स्थगित गराउने प्रयास भइरहेको दाबी गर्दै एमाले भने कुनै अलमल नगरी विजयको तयारीमा जुटिसकेको बताए। “चुनाव होस् भन्ने पक्षमा हामी छौं। हुन्छ भने होस्, जेसुकै होस्, हामी तयारीमै लाग्छौं,” उनले भने।

पछिल्ला ६ महिनादेखि चुनावका विषयमा पहल गर्दा चासो नदिएको तर अन्तिम समयमा आएर चुनाव नहुने चर्चा गर्नु गलत भएको उनको टिप्पणी छ। राज्यको ठूलो खर्च भइसकेको र उम्मेदवारहरूले पनि पर्याप्त लगानी गरिसकेकाले अब पछि हट्न नहुने उनले बताए।

ओलीले अप्रत्यक्ष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति टिप्पणी गर्दै आधारहीन रूपमा “जोडजामवाला पार्टी” उम्लिएको जस्तो देखिएको आरोप लगाए। चुनाव जित्न नसक्ने अवस्था आएपछि झण्डा जलाउने, वातावरण बिथोल्ने र अपमानजनक गतिविधि गर्ने प्रयास भइरहेको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्