images
images

निर्वाचनको वातावरण बिथोलिँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने भएकाले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही तत्वले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो सफल नहुने स्पष्ट पारे। भ्रम र हल्लामा नपरी प्रचार–प्रसारमा सक्रिय हुन उम्मेदवारहरूलाई सुझाव दिँदै उनले निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्‍याए।

भण्डारीले प्रायोजित हल्ला र अस्थिरता सिर्जना गर्ने गतिविधि सरकारले निषेध गर्ने तथा आयोगले नजिकबाट अनुगमन गरिरहेको बताए। वातावरण सुधारका लागि सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी पनि उनले दिए।

राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरू निर्वाचनमै केन्द्रित रहेको उल्लेख गर्दै उनले नयाँ–पुराना सबै शक्तिले निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको दाबी गरे।

साथै, उनले सबैलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्दै सञ्चार माध्यमलाई मत सर्वेक्षण नगर्न चेतावनी दिए। आचारसंहिता उल्लङ्घन गरे कारबाही गर्न बाध्य हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्