नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन्।
आईसीसीले बुधबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार उनी छैटौं स्थानबाट चौथो स्थानमा पुगेका हुन्। हाल उनको रेटिङ अंक २४४ पुगेको छ भने यसअघि २०२ अंक रहेको थियो।
हालै सम्पन्न टी–२० विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएको हो। प्रतियोगितामा उनले नेपालका लागि महत्वपूर्ण योगदान दिँदै उल्लेखनीय रन बनाउनुका साथै दुई विकेट समेत लिएका थिए।
अलराउन्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब ३०३ रेटिङ अंकसहित रहेका छन्। जिम्बाबेका सिकन्दर राजा २९७ अंकसहित दोस्रो स्थानमा छन् भने भारतका हार्दिक पाण्ड्या २८२ अंकसहित तेस्रो स्थानमा यथावत् छन्। पाँचौं स्थानमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ रहेका छन्।
दीपेन्द्र ब्याटिङ वरियतामा पनि ११ स्थान सुधार गर्दै ६०औँ स्थानमा पुगेका छन्।













प्रतिक्रिया दिनुहोस्