बैतडी । बैतडीमा १३ जनाको ज्यान गएको बस दुर्घटनामा सुदूरपश्चिम प्रदेश सरकारले मृतक परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त राहत प्रदान गर्ने र घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए।
पुर्चौडी नगरपालिका–७ भौनीबाट बिहीबार साँझ बेहुली लिएर फर्किँदै गरेको सु.प्र.०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो ।घटनापछि फरार रहेका चालक वीरेन्द्र बुढालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।








प्रतिक्रिया दिनुहोस्