images
images

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले पक्राउ परेको पुष्टि गरे पनि उनीमाथि लगाइएको अभियोगबारे तत्काल जानकारी नदिएको जनाएका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं यसअघि सार्वजनिक शान्तिविरुद्धको कसुरमा माघ ५ गते पोखराबाट पक्राउ परेका थिए। उनलाई माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो।

प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित विषयमा निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिइएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। सो विषयमा अनुसन्धान गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो।

प्रसाईं पक्राउसँग सम्बन्धित थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्