images
images

बालेनको झापा–५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ। बुधबार राति (माघ २१) झापाको कमल गाउँपालिका–२ मा रहेको सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको हो।

झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा हालै मात्र सम्पर्क कार्यालय स्थापना गरिएको थियो। रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) को प्रचार–प्रसार, भेटघाट तथा संगठनात्मक गतिविधिका लागि कार्यालय खोलिएको थियो।

तोडफोडबाट कार्यालयको झ्यालका सिसा फुटेको रास्वपा झापाका जिल्ला सभापति प्रकाश पाठकले जानकारी दिए। “कमल गाउँपालिकामा रहेको सम्पर्क कार्यालयमा तोडफोड भएको छ। झ्यालका सिसा फुटेका छन्, अन्य ठूलो क्षति छैन,” उनले बताए।

सम्पर्क कार्यालयमा तोडफोड कसले र किन गरेको भन्ने विषय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे जानकारी प्राप्त भइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्