काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार सिटौलाको आज दिउँसो १२:४५ बजे निधन भएको हो ।
सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गम्भीर अवस्थामा राखी इन्टेन्सिभ केयर उपचार गरिए पनि ४८ घण्टासम्म बिरामीको न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखिएन । मस्तिष्कको कार्यक्षमता पुनः प्राप्त हुने कुनै संकेत नदेखिएपछि चिकित्सकीय प्रोटोकलअनुसार एप्निया परीक्षण गरिएको थियो, जुन पोजेटिभ आएको हो । यसले स्वतः श्वासप्रश्वास नदेखिएको पुष्टि गर्दछ । त्यसपछि आज दिउँसो १२:४५ बजे उहाँको निधन भएको जानकारी गराउँछौं।”













प्रतिक्रिया दिनुहोस्