काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा परेर मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा निजी विमान धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा उपमुख्यमन्त्री पवारसहित विमानमा सवार सबैको ज्यान गएको पुष्टि भएको छ। पवारका निजी सहायक अनिल ढिकालले दुर्घटनामा उनको निधन भएको जानकारी दिएका छन्।
नागरिक उड्डयन महानिर्देशनालय (DGCA) का अनुसार बिहान ८:४८ बजेतिर विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। उक्त विमानमा अजित पवार, उनका दुई सहयोगी, दुई चालक दलका सदस्य तथा अन्य चार जना गरी जम्मा नौ जना सवार थिए।
बीबीसीका अनुसार पवार मुम्बईबाट निजी विमानमार्फत बारामती जाँदै थिए। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा कोही पनि जीवित नरहेको अनुमान गरिएको छ।














प्रतिक्रिया दिनुहोस्