images
images

झापा–५ मा बालेन पत्नी सबिनाको इन्ट्री : रास्वपाले सुरु गर्यो घरदैलो कार्यक्रम

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बिहान मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।

रास्वपाका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेको नेतृत्वमा बिहान ८ बजेदेखि ११ बजेसम्म घरदैलो अभियान गरिएको पार्टीले जनाएको छ ।

दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो ।

कार्यक्रमका क्रममा सबिना काफ्लेसहित रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको एजेन्डा, आगामी योजना र चुनावी प्रतिबद्धता प्रस्तुत गरेका थिए ।

घरदैलो अभियानमा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका विषयमा चासो राख्दै आफ्ना गुनासा तथा सुझाव राखेको रास्वपाले जनाएको छ । पार्टीले यस्ता कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्