images
images

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा घोषणा गरेको छ।

पार्टी मुख्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई आधिकारिक रुपमा प्रधानमन्त्रीका उम्मेदवार बनाउने निर्णय गरेको हो। उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा थापालाई उम्मेदवारको प्रस्ताव गरिएको थियो।

बैठकले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको निर्वाचन स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्