काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।
आयोगका अनुसार हालसम्म कायम उम्मेदवारी संख्या तीन हजार ४८५ पुगेको छ। यसमध्ये तीन हजार ८८ पुरुष, ३९५ महिला र एक तेस्रो लिङ्गी उम्मेदवार रहेका छन्।
यसैबीच, चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी परेकोमा छानबिनपछि दुई जनाको उम्मेदवारी खारेज गरिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रेशम चौधरी र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० बाट मितेरी पार्टीकी उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्