images
images

चुनावको मुखमा कुलमानलाई अर्को झट्का : पहिचानवादी नेताहरुले छाडे उज्यालो नेपाल पार्टी

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उज्यालो नेपाल पार्टीलाई अर्को राजनीतिक झट्का लागेको छ। पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमसहित तीन नेताले पार्टी परित्यागको घोषणा गर्दै आन्तरिक लोकतन्त्र कमजोर भएको र पहिचानसम्बन्धी एजेन्डामा स्पष्टता नदेखिएको आरोप लगाएका छन्।

पार्टीका केन्द्रीय सदस्य थेगिम, अर्का केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजम (दाह्री)ले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।

विज्ञप्तिमा पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको, विधि–प्रक्रिया अस्पष्ट रहेको र पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट लिखित धारणा नदेखिएको आरोप लगाइएको छ। समानुपातिक बन्द सूचीका उम्मेदवारसमेत रहेका थेगिमले पार्टीको साधारण सदस्यसमेत नरहने गरी स्वतन्त्र रूपमा अघि बढ्ने निर्णय गरेका छन्।

थेगिमसहितका नेताहरूले संयुक्त पहिचानवादी मोर्चा पुनः विस्तार गर्दै बृहत् पहिचानवादी आन्दोलन सशक्त बनाउने घोषणा गरेका छन्। साथै, पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिक प्रणालीमा प्रतिबद्ध नदेखाउने दल तथा उम्मेदवारविरुद्ध ‘नो एजेन्डा, नो भोट’ अभियान सञ्चालन गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्