नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालका दमक नगर कमिटी अध्यक्ष छवि खतिवडाले संगठन तथा पार्टी परित्याग गरेका छन्।
खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक स्ट्याटस लेख्दै झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने घोषणा गरेका हुन्।
उनले आफ्नो स्ट्याटसमा २०८२ माघ ७ गतेदेखि राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पदबाट अलग भएको स्पष्ट उल्लेख गरेका छन्। साथै, परिवर्तनलाई आत्मसात् गर्दै बाँकी समय स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको पनि जनाएका छन्।
खतिवडाले आफ्नो राजनीतिक यात्रामा साथ दिएको पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक सङ्घ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति आभार व्यक्त गर्दै अग्रगामी परिवर्तन र सामाजिक जीवनमा सदैव सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
झापा–५ बाट यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेका छन्। एमाले नेतृत्वकै निर्वाचन क्षेत्रमा युवा नेताको यस्तो निर्णयले राजनीतिक वृत्तमा चर्चा बढाएको छ।










प्रतिक्रिया दिनुहोस्