images
images

देशभर ३४ सय ८४ उम्मेदवारको मनोनयन, महिलाको सहभागिता अझै न्यून

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी परेको हो।

निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार देशभर कुल ३४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तर यसमा महिला उम्मेदवारको संख्या अत्यन्त न्यून देखिएको छ। कुल उम्मेदवारमध्ये ३९५ जना मात्र महिला छन् भने तीन हजार ८८ जना पुरुष रहेका छन्। एक जना अन्य लिङ्गका उम्मेदवार रहेका छन्।

राजनीतिक दलका तर्फबाट दुई हजार २९७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये २३५ जना मात्र महिला हुन् भने दुई हजार ६४ जना पुरुष रहेका छन्। यसैगरी एक हजार १८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

संविधान र कानुनले महिला सहभागितालाई प्राथमिकता दिएको भए पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको उम्मेदवारी अझै पनि अपेक्षित रूपमा बढ्न नसकेको देखिन्छ। राजनीतिक दलहरूले समानुपातिक प्रणालीमा महिला समावेशीता पूरा गरे पनि प्रत्यक्षतर्फ महिलालाई अवसर दिन हिचकिचाइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्