images
images

चार वर्षपछि विराट कोहली फेरि एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानम

काठमाडौं । भारतीय स्टार ब्याटर विराट कोहली चार वर्षपछि फेरि आइसिसी पुरुष एकदिवसीय (ओडिआई) ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन्। उनले जुलाई २०२१ पछि पहिलो पटक नम्बर एक स्थान हासिल गरेका हुन्।

आइतबार वडोदामा न्युजिल्यान्डविरुद्ध खेलेको खेलमा कोहलीले ९१ बलमा ९३ रनको म्याच–विनिङ इनिङ खेलेपछि उनले आफ्नै टोलीका कप्तान रोहित शर्मालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन्। योसँगै कोहली आफ्नो करियरमा ११औँ पटक एकदिवसीय ब्याटिङ वरीयताको नम्बर एक बनेका छन्।

कोहली पछिल्लो समय उत्कृष्ट फर्ममा छन्। दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा उनले क्रमशः १३५, १०२ र ६५ रन ९नटआउट० बनाएका थिए भने अस्ट्रेलियाविरुद्ध सिड्नीमा ७४ रनको अविजित इनिङ खेलेका थिए।

भारतीय ब्याटरका रूपमा कोहलीले पहिलो पटक अक्टोबर २०१३ मा ओडिआई ब्याटिङ वरीयताको शीर्ष स्थान हासिल गरेका थिए। हालसम्म उनले कुल ८२५ दिन नम्बर एक स्थानमा बिताइसकेका छन्, जुन कुनै पनि भारतीय ब्याटरका लागि सबैभन्दा धेरै हो। विश्व क्रिकेटको इतिहासमा भने उनी १०औँ स्थानमा पर्छन्। यस सूचीमा वेस्ट इन्डिजका महान ब्याटर भिभियन रिचर्ड्स २,३०६ दिनसम्म नम्बर एक रहँदै शीर्ष स्थानमा छन्।

एकदिवसीय (ओडिआई) ब्याटिङ वरीयतामा नेपालका तीन जना ब्याटर शीर्ष १०० भित्र पर्न सफल भएका छन्। आइसिसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार आसिफ शेख ९०औँ स्थानमा रहेका छन्। यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ९१औँ स्थानमा उक्लिएका छन्। त्यसैगरी, आरिफ शेख ९९औँ स्थानमा रहँदै शीर्ष १०० भित्र आफ्नो स्थान बनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्