images
images

कांग्रेस विशेष महाधिवेशन सभापतिमा गगन थापाको एकल उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रीय निर्वाचन समिति स्रोतका अनुसार सभापति पदमा थापाको एकल उम्मेदवारी परेको हो।

काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएसँगै थापाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीभित्र सहमतिका प्रयास सफल हुन नसकेपछि निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

सभापति पदमा एकल उम्मेदवारी परेसँगै गगन थापा निर्विरोध निर्वाचित हुने सम्भावना बलियो बनेको छ। यद्यपि, निर्वाचन तालिकाअनुसार अन्तिम निर्णय औपचारिक प्रक्रिया पूरा भएपछि सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्