काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। यसका लागि उनी सक्रिय गृहकार्यमा जुटेको उनको सचिवालयले जनाएको छ।
झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। ओली सोही क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका छन्। बालेनले त्यही क्षेत्रमा ओलीसँग प्रतिष्पर्धा गर्ने तयारीसहित स्थानीय नेता तथा कार्यकर्तासँग निरन्तर छलफल गरिरहेका छन्।
आइतबार बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति प्रकाश पाठकसहितका नेताहरूसँग छलफल गरेका छन्। ललितपुरको ज्वागलस्थित आफ्ना सल्लाहकार कुमार ब्यञ्जनकारको निवासमा भएको भेटमा रास्वपा झापाका सभापति पाठक, सचिव शम्भु सुस्केरालगायतको टोली सहभागी थियो।
बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार उनले ५ गतेभित्र मेयर पदबाट राजीनामा दिएर ६ गते मनोनयन दर्ताका लागि झापा जाने तयारी गरेका छन्। उनका अनुसार बालेन शाहले झापा–५ बाटै निर्वाचन लड्ने तयारीलाई अन्तिम चरणमा पुर्याएका छन्।








प्रतिक्रिया दिनुहोस्