images
images

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार उनको आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

प्रशान्त तामाङ भारतीय आइडल सिजन–३ का विजेता हुन्। उनी नेपाली संगीत तथा चलचित्र क्षेत्रमा अत्यन्त लोकप्रिय र चर्चित व्यक्तित्वका रूपमा परिचित थिए। गायनसँगै अभिनयमा पनि सक्रिय रहेका उनले ‘गोर्खा पल्टन’ लगायतका थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका थिए।

उनको निधनले नेपाली संगीत र चलचित्र क्षेत्रलाई गहिरो क्षति पुगेको छ। परिवारजन, कलाकार साथीहरू तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्