काठमाडौं । मन्त्री बनेपछि आएका तीनवटा विदेश भ्रमणका निमन्त्रणाहरू अस्वीकार गरेको शिक्षामन्त्री महावीर पुनले खुलासा गरेका छन्। वर्तमान आर्थिक अवस्थासँग जोड्दै उनले विदेश भ्रमणले मात्रै देशको अर्थतन्त्र सुधार नहुने स्पष्ट पारेका छन्।
खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादित भइरहेका बेला पुनले आफूले मन्त्री भएपछि आएको तीनवटा विदेश भ्रमणमा सहभागी नभएको बताएका हुन्। अहिले पनि दुईवटा नयाँ निमन्त्रणाहरू आएको भए पनि त्यसमा नजाने उनको अडान छ।
इजरायल र साउदी अरबमा आयोजना हुने कार्यक्रमका लागि आएका निमन्त्रणापत्र फेसबुकमार्फत सार्वजनिक गर्दै पुनले आर्थिक सुधार बिना नेतृत्व परिवर्तनले पनि कुनै ठोस परिणाम नआउने बताएका छन्। उनले देशको विकासका लागि सबैभन्दा पहिले आर्थिक आधार बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
‘देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री वा अर्थमन्त्री आए पनि खासै प्रगति हुँदैन,’ पुनले लेखेका छन्, ‘केही गर्नका लागि पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्दैन।’











प्रतिक्रिया दिनुहोस्