आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित विशेष कार्यक्रममार्फत टी–२० विश्वकपको ट्रफीसहित नयाँ जर्सी सार्वजनिक गरिएको हो।
नयाँ जर्सीको मूल्य खेलाडी संस्करणका लागि ३ हजार ३ सय ९९ रुपैयाँ तोकिएको छ भने कपी संस्करण १ हजार ५ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ। फ्यानहरूका लागि जर्सीको मूल्य ७ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ।
टी–२० विश्वकपअन्तर्गत नेपालले भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे क्रिकेट रंगशालामा खेल खेल्नेछ। प्रतियोगितामा नेपालले बेलायत, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।












प्रतिक्रिया दिनुहोस्