काठमाडौं । भदौ २३–२४ का घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक तथा स्थान हदको आदेश फुकुवा गरेको छ।
आयोगले ओलीको बयान लिइसकेपछि उनीमाथि लगाइएका सबै बन्देज हटाउने निर्णय गरेको हो। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज उक्त निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन्।
आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि घटनाको जाँचबुझ तथा छानबिनका क्रममा असोज १२ गते ओलीलाई विदेश भ्रमणमा रोक लगाइएर अनुमतिबेगर काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था गरिएको थियो। तर, सोधपुछसहित आवश्यक प्रक्रिया पूरा भइसकेकाले अब उक्त निर्णयको औचित्य समाप्त भएको भन्दै बन्देज फुकुवा गरिएको उल्लेख गरिएको छ।








प्रतिक्रिया दिनुहोस्