काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पक्षका २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। हिजो बसेको रास्वपा केन्द्रीय समिति बैठकले २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गर्दै बालेनलाई पार्टीको वरिष्ठ नेता बनाएको हो।
रास्वपासँग भएको सहमतिअनुसार बालेन समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूलाई महामन्त्री तथा सहमहामन्त्री पदको जिम्मेवारीसमेत दिइने बताइएको छ। रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेनबीच पुस १३ गते पार्टी एकता गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार केन्द्रीय समिति बैठकले समायोजन प्रक्रिया टुंग्याएको हो।
केन्द्रीय सदस्यमा मनोनित हुनेमा सुनिल लम्साल, भुवदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा. नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन्।












प्रतिक्रिया दिनुहोस्