images
images

आईसीसी टी–२० विश्वकप २०२६ को ट्रफी सोमबार नेपाल आइपुग्ने

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को ट्रफी आगामी सोमबार, जनवरी ५ मा नेपाल आइपुग्ने भएको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपको प्रचार–प्रसारका लागि विश्व भ्रमणमा रहेको ट्रफी दुई दिन नेपालमा रहने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानले बुधबार जारी गरेको विज्ञप्तिमा जनवरी ५ देखि ७ सम्म ट्रफी नेपालका विभिन्न स्थानमा प्रदर्शनीका लागि लैजाने उल्लेख गरिएको छ। यद्यपि, ट्रफी कुन–कुन स्थानमा र कुन कार्यक्रमअन्तर्गत लैजाने भन्ने विस्तृत तालिका भने सार्वजनिक गरिएको छैन।

क्यानका अनुसार ट्रफी आगमनले नेपाली क्रिकेटप्रेमीमा थप उत्साह जगाउने अपेक्षा गरिएको छ। नेपालमा क्रिकेटप्रति बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली टोलीको सहभागितालाई थप प्रोत्साहन मिल्ने क्यानको विश्वास छ।

ट्रफी भ्रमणका क्रममा राष्ट्रिय तथा स्थानीय तहका क्रिकेट गतिविधिसँग जोडिएका कार्यक्रम आयोजना हुने सम्भावना रहेको भए पनि त्यसबारे औपचारिक जानकारी पछि मात्र सार्वजनिक गरिने क्यानले जनाएको छ। ट्रफीको सार्वजनिक अवलोकन, फोटो सेसन तथा प्रचारात्मक कार्यक्रमको विवरण चाँडै सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्