काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ। सहमतिअनुसार कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने प्रस्तावमा दुवै पक्ष एकमत भएका छन्। हाल उक्त सहमतिका ड्राफ्टमा हस्ताक्षर गर्ने प्रक्रिया चलिरहेको जनाइएको छ।
त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कुलमान पक्षबाट १८ जनाको नाम समावेश गर्ने विषयमा पनि सहमति जुटेको बताइएको छ। उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आगामी निर्वाचनमा एउटै दलका रूपमा सहभागी हुने समझदारीमा पुगेका छन्।
दुई पक्षबीच सहमति गराउन हामी नेपालका संस्थापक सुदन गुरुङले महत्वपूर्ण भूमिका खेलेको र उनकै पहलमा सहमति सम्भव भएको जानकारी दिइएको छ।











प्रतिक्रिया दिनुहोस्