images
images

मिराज ढुंगाना समुहले माइतीघरमा गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, फेरि पक्राउ परे निकोलस भुसाल

काठमाडौं । प्रशासनको अनुमतिबिनै माइतीघरमा प्रदर्शन भएपछि प्रहरीले जेन९जी समूहको गतिविधिमा हस्तक्षेप गरेको छ । सार्वजनिक स्थलमा अव्यवस्थित प्रदर्शनले सुरक्षाको जोखिम बढाएको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई तितरबितर पारेको हो ।

हस्तक्षेपका क्रममा निकोलस भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै गरिएको प्रदर्शनमा सहभागी भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो समयमा गरिएको मेडिकल परीक्षणमा लागूपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई आफन्तको जिम्मामा छाडिएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा र सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन९जी समूहले ‘संयुक्त आन्दोलन’ घोषणा गर्दै माइतीघरमा भेला भएका थिए ।

प्रशासनका अनुसार पूर्वस्वीकृति नलिई कार्यक्रम आयोजना गरिएकाले भीड व्यवस्थापन र सार्वजनिक सुरक्षाका लागि हस्तक्षेप गर्नुपरेको हो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेलसमेत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्