images
images

देशभर आंशिक बदली, तराईमा हुस्सु–कुहिरोको प्रभाव

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई तथा उपत्यका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाले बिहान ८ बजे जारी गरेको मौसम प्रक्षेपणअनुसार दिउँसो देशभर आंशिक बदली रहनेछ। तराईका भूभागमा भने हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

यस्तै, राति पनि देशभर आंशिक बदली रहने र तराई क्षेत्रमा हुस्सु–कुहिरोको अवस्था कायमै रहने महाशाखाले जनाएको छ। यसैबीच, तराईमा तापक्रम हल्का घट्ने र हुस्सु–कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भन्दै मौसम महाशाखाले चेतावनी तथा परामर्श जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्