images
images

एमालेको ११औँ महाधिवेशनः पदाधिकारीमा फेरि महिला समावेशिताको प्रश्न

एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये महिला प्रतिनिधित्व अत्यन्त सीमित देखिएको छ। पदाधिकारी तहमा महिला समावेशिताको प्रश्न उठिरहेका बेला सचिव पदमा पद्माकुमारी अर्याल मात्रै निर्वाचित भई नेतृत्वमा पुग्न सफल भएकी छन्, जसले महाधिवेशनमा महिला समावेशिताको प्रश्न उठेको छ ।

महाधिवेशनबाट निर्वाचित नेतृत्वमा महिलाको उपस्थिति सीमित रहँदा समावेशिताको सवाल फेरि ओझेलमा परेको छ। १९ पदाधिकारीमध्ये पद्माकुमारी अर्याल मात्रै सचिव पदमा निर्वाचित हुनुले पार्टीभित्र महिलाको पहुँच अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ ।

महाधिवेशन पदाधिकारी पदका लागि प्रतिस्पर्धा चर्किँदा महिला प्रतिनिधित्व भने ओझेलमा परेको थियो। शक्ति बाँडफाँट गर्दा पदाधिकारी पदमा महिला उम्मेदवार नै थोरैको सख्यामा परेका थिए ।

अध्यक्षदेखि सचिवसम्मका १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार मैदानमा उत्रिएका थिए । । तर, तीमध्ये महिलाको सहभागिता सीमित मात्र थियो ।

उपाध्यक्ष पदका पाँच सिटका लागि ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए, तर महिला उम्मेदवारको रूपमा डा। बिन्दा पाण्डे मात्र अघि थिइन्। अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलले उपाध्यक्षमा कुनै महिला उम्मेदवार अघि सारेको थिएन। ईश्वर पोखरेल पक्षबाट पाण्डेले उम्मेदवारी दिएकी थिइन्, तर उनी पराजित भइन्।

सचिव तहमा पनि महिलाको उपस्थिति अपेक्षाअनुसार देखिएको थिएनन् । नौ सचिव पदका लागि २० उम्मेदवार प्रतिस्पर्धामा रहेकामा तीन जना मात्रै महिला उम्मेदवार थिए । ओली प्यानलबाट पद्मा अर्याल दोस्रो कार्यकालका लागि मैदानमा उत्रिएकी थिइन भने पोखरेल प्यानलबाट रचना खड्काले उम्मेदवारी दिएकी दिएकी थिइन् । । पद्मा अर्याल विजयी भएकी छन् भने रचना खड्का पराजित भएकी छन् ।

यसले गर्दा ११औँ महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचन अघि बढ्दै गर्दा महिला प्रतिनिधित्वको विषय पुनः बहसमा आएको छ । महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये १ जना मात्रै महिला विजयी भएकी छन् । ९ सचिवमध्ये ओली प्यानलबाट उम्मेदवार बनेकी पद्माकुमारी अर्यालले १५ सय ३० मत ल्याएर विजयी भएकी छिन्।

१९ पदाधिकारीको प्रतिस्पर्धामा पद्माकुमारी बाहेक सचिव पदमै रचना खड्का र उपाध्यक्ष पदमा बिन्दा पाण्डे पनि प्रतिस्पर्धामा थिइन्। रचनाले ८ सय ७७ मत र पाण्डेले ९ सय २१ मत ल्याएर पराजित भइन्।

यसले महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा महिला प्रतिनिधित्व अझै प्रतीकात्मक मात्र रहेको देखाउँछ। १९ पदाधिकारीमध्ये केवल एक जना महिला विजयी हुनु, पार्टीभित्र समावेशिताको बहसलाई पुनः सतहमा ल्याएको छ। पदाधिकारी चयनमा महिला सहभागिता सीमित रहँदा, समान अवसर र राजनीतिक शक्ति बाँडफाँटमा अझै चुनौती रहेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्