images
images

एमाले महाधिवेशन : मतदान जारी, मतपरिणाम आजै सार्वजनिक हुने

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत पुस २ गते नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । बिहान साढे ८ बजे सुरु भएको मतदानमा साढे ११ बजेसम्म ३५० मत खसिसकेको छ ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । दुवै नेताले आ–आफ्नो प्यानलसहित निर्वाचनमा सहभागिता जनाएका छन् ।

महाधिवेशनमा कुल २ हजार २६६ मतदाताले मतदान गर्नेछन् । अध्यक्षसहित ३५१ पदका लागि निर्वाचन हुँदैछ । यसमध्ये ११ जना केन्द्रीय सदस्य तथा अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष तथा पदाधिकारी भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतदान विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको हुँदा मतगणना छिटो सम्पन्न हुने र आजै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्