दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने बलियो दावेदारका रूपमा उभिएको छ। गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएर उपविजेता बनेको सुदूरपश्चिमले यस संस्करणमा उपाधि आफ्नो बनाउन लक्ष्य राखेको छ। रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी भने गत वर्ष लिग चरणमै बाहिरिएको निराशालाई बदल्न दृढ छ। यस पटक ट्रफी जित्ने उद्देश्यले टोली फाइनलमा उत्रदैछ। लिग चरणमा दुवै टोली आमनेसामने हुँदा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो।
एनपिएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार हात पार्नेछ। उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथो हुने टोलीलाई १५ लाख रुपैयाँ प्रदान गरिनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १ गतेदेखि सुरु गरेको यस प्रतियोगितामा आठ टोलीको सहभागिता रह्यो।
प्रतिक्रिया दिनुहोस्