काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । आजको खेल अपराह्न ४ः०० बजे सुरु हुनेछ । काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो ।
यी दुवै टोली पहिलो पटक उपाधि जित्ने होडमा होमिएका हुन्। पहिलो संस्करणमा लेक चरणबाटै बाहिरिएका यी दुई टोलीको लागि एलिमिनेटर नयाँ खेल हो।
दुई भारतीय प्रशिक्षकको रणनीतिक भिडन्त आजको खेलमा देखिनेछ। काठमान्डु गोर्खाजको लागि नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देसाई प्रशिक्षकको भूमिकामा छन् भने लुम्बिनी लायन्सको प्रमुख प्रशिक्षकमा किन योहानन्न रहेका छन्।
राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले नेपाली राष्ट्रिय टिमका अनुभवी बलिङ अलराउन्डर करण केसीको टिमसँग खेल्दैछ।
दुवै टोली प्रतियोगितामा अघि बढ्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। आजको खेलमा हार बेहोरेको टोली घर फर्किनेछ भने जितेको टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग फाइनल पुग्ने प्रतिस्पर्धा दिनेछ।
आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।












प्रतिक्रिया दिनुहोस्