images
images

गृहजिल्लामै जनार्दन शर्मा निशानामा : नेकपा कार्यकर्ताले देखाए कालोझण्डा

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा गृहजिल्ला रुकुम पश्चिम पुगेका बेला नेपाली कम्युनिस्ट पार्टीसँग निकट युवाहरूले उनको विरोध गर्दै कालोझण्डा देखाएका छन्।

माओवादी परित्याग गरेर प्रलोपा गठन गरेपछि शर्मा पहिलोपटक आज रुकुम पश्चिम पुगेका थिए। बिहान करिब १० बजे सल्ले विमानस्थलमा अवतरणलगत्तै तत्कालीन नेकपा (माओवादी केन्द्र) आठबीसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदारा नेतृत्वको समूहले विरोध स्वरूप कालोझण्डा प्रदर्शन गरेको हो।

करिब २० जना कार्यकर्ताको समूहले शर्मा विरुद्ध नाराबाजी गर्दै जनतामाथि र सहिदमाथि धोका दिएको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्