काठमाडौं । सन् २०२५ का पहिलो ११ महीनामा नेपाल भित्रिने पर्यटकको संख्या १० लाख नाघेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार सो अवधिमा १० लाख ६० हजार २६९ पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन गत वर्षको तुलनामा ०.४ प्रतिशतले बढी हो। सन् २०२४ को यही अवधिमा १० लाख ५५ हजार ५२० विदेशी पर्यटक आएका थिए।
देशगत विवरण अनुसार भारतबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै रहेको बोर्डले जनाएको छ। समीक्षा अवधिमा भारतबाट २ लाख ६२ हजार ३४५ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
क्षेत्रगत हिसाबले दक्षिण एसियाबाट सबैभन्दा धेरै ३ लाख ६८ हजार ३८१ पर्यटक नेपाल आएका छन्। त्यसपछि एसिया (सार्क बाहेक) बाट २ लाख २५ हजार ९०९, युरोपबाट २ लाख ९ हजार १६३, अमेरिकी मुलुकहरूबाट १ लाख २७ हजार १३७, अन्य क्षेत्रबाट ५७ हजार ७८३, ओसिनियाबाट ४८ हजार ४३० र अफ्रिकाबाट ३ हजार ८९१ पर्यटक भित्रिएका छन्। यो वर्षको अक्टोबर महिनामा मात्र १ लाख २८ हजार ४४३ पर्यटक नेपाल आएका थिए, जसलाई मुख्य पर्यटकीय याम मानिन्छ।










प्रतिक्रिया दिनुहोस्