images
images

चुनावी वातावरण नबनेको एमालेलको गुनासो, प्रधानमन्त्रीको सहयोग आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्न नेकपा एमालेलाई आग्रह गरेकी छन्। हिजो एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्रीले सरकार चुनाव सम्पन्न गराउने दायित्वप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै आवश्यक सहकार्यका लागि अनुरोध गरिन्।

भेटको क्रममा एमाले नेताहरूले भने चुनावी वातावरण सहज नबनेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। वार्तामा सहभागी विघटित प्रतिनिधिसभाका एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाका अनुसार, कारागारबाट फरार कैदी–बन्दी पक्राउ नपर्नु तथा लुटिएका हतियार फिर्ता नआउनुजस्ता घटनाले निर्वाचन वातावरणमा प्रश्न उठाएको एमालेले उल्लेख गरेको छ।

एमाले नेताहरूले आफूहरू चुनावको विरोधमा नभई सुरक्षित र सहज वातावरण को आवश्यकता औंल्याउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। साथै, सेवानिवृत्त हुनासाथ निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई स्थान हद तोकिएको निर्णय, फरार अपराधीहरूलाई नियन्त्रणमा नलिएर, लुटिएका हतियार फिर्ता नआएको अवस्थाले पनि निर्वाचनका लागि चुनौती उत्पन्न भएको एमालेको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्