काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमान्डु गोर्खाज भिड्दैछन् । काठमान्डुको नेतृत्व करण केसीले गर्नेछन् भने लुम्बिनीको राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले गर्नेछन् ।
खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
तीन खेल खेलिसकेको काठमान्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईरदुई अंक छ । पछिल्ला दुई खेलमा लगातार पराजित काठमान्डुले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिमसँग २९ रनले पराजित काठमान्डु तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटले स्तब्ध भएको थियो ।
यता, लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराउँदा कर्णालीसँग भने ९ विकेटले हारेको थियो । अंक तालिकामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा छ ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।








प्रतिक्रिया दिनुहोस्