images
images

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

काठमाडौँमा मंसिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (शुक्रबार) पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ बजे सुरु हुनेछ। दोस्रो इनिङ भने रातिको फ्लडलाइटमा सम्पन्न हुनेछ।

पोखरा एभेन्जर्स टोली कुशल भुर्तेलको कप्तानीमा उत्रिँदैछ। घरेलु तथा विदेशी खेलाडीको समायोजन रहेको टोलीमा आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन प्रमुख भूमिकामा रहने अपेक्षा गरिएको छ। त्यस्तै, सुदूरपश्चिम रोयल्स दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा खेल मैदानमा प्रवेश गर्नेछ। टोलीमा विकेटकिपर विनोद भण्डारी, अन्तर्राष्ट्रिय चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा रहेका छन्।

जारी लिगमा दुवै टोली आज दोस्रो खेल खेल्दैछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गर्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्