images
images

एनपीएल क्रिकेट : लुम्बिनी लायन्स र चितवन राईनोज आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राईनोज आमनेसामने हुने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यो खेल प्रतियोगिताको पाँचौँ खेल हो।

लुम्बिनी लायन्सका लागि यो यस सिजनको पहिलो खेल हो। टिम नयाँ अभियानको सुरुवात जितसहित गर्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ। रोहितकुमार पौडेलको कप्तानीमा उतारिने लुम्बिनीमा सन्दीप जोरा, विकेटकीपर दिलीप नाथ, र विदेशी अलराउन्डर डीआर्सी सर्ट लगायत खेलाडीको संयोजन रहेको छ।

उता, चितवन राईनोज लगातार दोस्रो जितको खोजीमा छ। कर्णाली याक्सलाई चार विकेटले हराउँदै राम्रो लय बनाएको चितवन आज पनि उत्कृष्ट प्रदर्शन दोहोर्याउने मनसायमा मैदानमा उत्रिँदैछ। कुशल मल्लको कप्तानीमा खेल्ने चितवन राईनोजमा इंग्ल्यान्डका डाविड मलान, पाकिस्तानी अनुभवी बलर सोहेल तनवीर, अलराउन्डर रवि बोपारा जस्ता विदेशी खेलाडी रहेका छन्। स्वदेशी तर्फ देव खनाल र अर्जुन साउदले टिमलाई थप मजबुत बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्