बाराको सिमरा विमानस्थल क्षेत्रमा जेनजी युवाहरू र राजनीतिक दलसँग आबद्ध युवाबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी धनेन्द्रकुमार मिश्रद्वारा जारी कर्फ्यू आदेशअनुसार कर्फ्यू आज मध्याह्न १२स्३० बजेदेखि बेलुकी ८ बजेसम्म लागू हुनेछ।
सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी समूहका युवाहरूले प्रदर्शन गरिरहेका बेला नेकपा एमाले आबद्ध युवाहरू पनि प्रदर्शनमा उत्रिएपछि तनाव उत्पन्न भएको प्रशासनले जनाएको छ।
आज बारामा नेकपा (एमाले) को कार्यक्रम तय भएको थियो। सो कार्यक्रममा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, भानुभक्त ढकाललगायतका नेताहरू सिमरा जाने कार्यक्रम थियो।
दुवै पक्षबीच झडप बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्