images
images

चितवन राइनोजको विजयी सुरुवात, कर्णालीमाथि ४ विकेटको जीत

चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कीर्तिपुरमा भएको खेलमा १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

चितवनका लागि रवि बोपाराले अर्धशतक पारी खेले । उनले ३६ बलमा ३ चौका र ३ छक्कासहित ५२ रन जोडे । सेफ जैबले ३८ रन जोडे । ओपनर दीपक बोहराले ४२ रन बनाउँदा अर्का ओपनर डेविड मलान ६ रनमै आउट भए । देव खनाल २ रनमा रनआउट हुँदा कप्तान कुशल मल्लले २० रन जोडे ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले दुई तथा युनिश सिंह र युवराज खत्रीले एक(एक विकेट लिए ।

यसअघि कर्णालीले ओपनर प्रियांक पञ्चालको उत्कृष्ट प्रदर्शनमा १६७ रनको मध्यम लक्ष्य दिएको थियो ।

पञ्चालले ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रन प्रहार गरे । उनको यो डेब्यू खेल पनि हो । ओपनरद्वय पञ्चाल र म्याक्स ओ’डाउडले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । ओ’डाउड ३० बलमा २० रन जोडेर आउट भए । उनीहरूले पावर प्लेमा ५१ रन जोडेका थिए । पावर प्लेपछि रन बन्न सकेको थिएन ।

अन्तिममा पवन सरार्फले १६ बलमा २७ रन जोडे भने मार्क वाटले २१ बलमा १६ रन मात्रै जोडेका थिए । चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवि बोपाराले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्