images
images

प्रियांक पञ्चालको चमकदार डेब्यू, कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

भारतका प्रियांक पञ्चाल डेब्यू खेलमै चम्किएपछि कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।पञ्चालले ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रनको दमदार अर्धशतकीय पारी खेले।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो ।

कर्णालीका लागि पवन शरार्फले २७ रन बनाउँदा म्याक्स ओ’डउडले २० रनको योगदान गरे । मार्क उडले १७ रन जोडे । चितवनका शैब जेब, रवी बोपरा र सोहिल तनविरले एक–एक विकेट लिए ।

गत सिजन दोस्रो क्वालिफायरमा पराजित भएको कर्णाली यो सिजन जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । यता इलिमिनेटरबाट आउट भएको चितवनको लक्ष्य पनि सोही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्