बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को जुलाई(अगस्ट विद्यार्थी विद्रोहका क्रममा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
बंगलादेशको राजधानी ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो। ट्रिब्यूनलले उनलाई २०२४ को विद्यार्थी विरोध प्रदर्शनका क्रममा भएका हत्याका मुख्य योजनाकार भनेको छ।
ढाका ट्रिब्युनका अनुसार न्यायाधिकरणले हसिनालाई मानवता विरुद्ध अपराधका पाँचवटै अभियोगमा दोषी ठहर गर्दै उनको आदेश, उक्साहट र नियन्त्रण असफलताले देशव्यापी हिंसा चर्किएको निष्कर्ष निकालेको छ । अदालतले हसिना, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलले विद्यार्थी आन्दोलन दमनका लागि अत्याचारको योजना बनाएको र सक्षम पारेको ठहर गरेको हो ।
अदालतले शेख हसिना र असदुज्जमान कमलको बंगलादेशमा रहेको सम्पत्ति जफत गरेको छ। हसिना र असदुज्जमान कमल फरार सूचीमा छन्। उनीहरु दुवै विगत १५ महिनादेखि भारतमा बस्दै आएका छन्।










प्रतिक्रिया दिनुहोस्