images
images

एनपीएलको टिकट नभएकाहरूलाई खेल मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

नेपाल प्रिमियर लिग (एनपीएल) को खेल हुने कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान क्षेत्रमा भिडभाड नगदिन नेपाल प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले एक सूचना जारी गर्दै एनपीएल दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले टिकट नभएकाहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न र खेल स्थलको बाहिर भिडभाड नगर्न अनुरोध गरेको हो।

दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ। पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो ४ बजेबाट सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्