images
images

ताइवान विवाद चर्किँदै: चीनले जापान यात्रा नगर्न नागरिकलाई चेतावनी

ताइवानमा चिनियाँ सैन्य आक्रमण भए जापानले आत्मरक्षा बल तैनाथ गर्न सक्ने संकेत दिएको भन्दै चर्किएको कूटनीतिक तनावबीच चीनले जापान यात्रा नगर्न आफ्ना नागरिकलाई चेतावनी जारी गरेको छ। जापानी प्रधानमन्त्री सनेई ताकाइचीको ताइवान सम्बन्धी कठोर भनाइपछि चीनले बेइजिङस्थित जापानी राजदूतलाई समेत तलबारे छलफलका लागि बोलाएको बीबीसीले उल्लेख गरेको छ।

ताकाइचीले ‘आवश्यक परिस्थितिमा जापानले आत्मरक्षा बल प्रयोग गर्न सक्छ’ भनेर बोलेपछि दुवै देशका विदेश मन्त्रालयबीच तीव्र वाकयुद्ध चलेको छ। एकअर्काप्रति गम्भीर आपत्ति जनाउँदै दुई देशबीचको कूटनीतिक तनाब झन् तीव्र बनेको बताइएको छ। यो विवादले चीन–जापानबीचको ऐतिहासिक प्रतिस्पर्धा र स्वशासित ताइवानको स्थायित्वबारे लामो समयदेखि रहेको रणनीतिक अस्पष्टतालाई पुनः सतहमा ल्याएको विश्लेषकहरूको भनाइ छ।

गत शुक्रबार संसदीय बैठकमा विपक्षी सांसदले ताइवानको कुन अवस्थालाई जापानले ‘अस्तित्व जोखिम’ मान्ने हो भनेर सोध्दा प्रधानमन्त्री ताकाइचीले “ताइवानमा युद्धपोत चल्ने वा बलपूर्वक कार्यवाही हुने अवस्था सिर्जना भए जापानका लागि अस्तित्व खतराको स्थिति मानिन सक्छ,” भन्ने जवाफ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्